काठमाण्डौ / बलिउड अभिनेत्री सोनम कपूरलाई एक ड्राइभरले डरलाग्दो व्यवहार गरेको खबर सार्वजनिक भएको छ। अभिनेत्री सोनमले सामाजिक संजाल ट्विटरमार्फत आफूमाथी एक ट्याक्सी ड्राइभरले डरलाग्दो व्यवहार गरेको कुरा सार्वजनिक गरेकी हुन्।

प्रेमी व्यवसायी आनन्द आहुजासँग सन् २०१८ मा विवाह गरी हाल लण्डनमा बस्दै आईरहेकी सोनमले सो कुराको जानकारी गराउँदै सबैलाई सर्तक रहन आग्रह समेत गरेकी छिन्।

उनले ट्विटरमा लेखेकी छिन् , ‘हेल्लो गाइज, मैले लण्डनको उभर ट्याक्सीमा आफ्नो जिन्दगीको सबैभन्दा डरलाग्दो यात्रा गरेँ। त्यसैले सतर्क रहनुहोस्। सबैभन्दा उत्तम यात्रा सार्वजनिक यातायात र क्याब नै हो। म एकदमै धेरै डराएँ’।