एजेन्सी / लामो समय देखी बलात्कारको आरोप लागेका भारतीय चर्चित गायक तथा संगितकार अनु मलिकले बल्ल राहतको सास फेरेका छन्।

उनीमाथी केही समय देखी चली रहेको सेक्सुअल हेरेसमेन्टको मुद्दा बन्द भएपछी उनले राहतको सास फेरका हुन्।

उनको यो मुद्धा नेशनल कमिशन फर विमेनले हेरिरहेको थियो तर उनी बिरुद्ध अतिरिक्त प्रमाण जुटाउन नसकिएपछी हाललाई यस केसलाई बन्द गरिएको नेशनल कमिशन फर विमेनकी चेयरपर्सन रेखा शर्माले जानकारी गराएकी छिन्।

मलिकको मुद्दा सधैँको लागि बन्द नभएको बताउँदै उनले यदि शिकायतकर्ताले प्रमाण पेश गरेमा यो मुद्दा फेरि चल्न सक्ने जानकारी गराएकी गराईन्।