काठमाण्डौ / यही महिनाको २२ गतेबाट कीर्तिपुर स्थित टियू क्रिकेट मैदानमा सुरु हुने नेपालसहित तीन देशको सिरिज कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको छ। आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजका सबै म्याच कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने भएको हो।

प्रशारणका सम्बन्धमा कान्तिपुर टेलिभिजन र नेपाल क्रिकेट संघ क्यानबीच आधिकारीक सम्झौतासमेत भइसकेको छ। सिरिजमा नेपालले पहिलो खेल ओमानविरुद्ध खेल्ने छ। प्रतियोगिता भाग लिन ओमान र अमेरिका खेल सुरु हुनु २ दिन अगाडि काठमाण्डौ आइपुग्ने छन्।

विश्वकप छनोट खेल्ने ढोकाका रुपमा रहेको यो प्रतियोगितामा नेपालले पहिलो पटक खेल्दै छ। ओमान र अमेरिकाले भने यसअघि नै खेलिसकेका छन्। जसमा अमेरिका १२ अंकका साथ लिगको शिर्ष स्थानमा छ। ओमान ८ अंकका साथ तालिकाको चौथो स्थानमा छ।