काठमाण्डौ / चलचित्र सेल्फी किङको नयाँ गीत सार्वजनिक भएको छ। माघ २४ गते रिलिज हुने चलचित्रको ‘जिन्दगीको के छ र भर’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा चलचित्र का मुख्य कलाकार विपिन कार्कीको अभिनय रहेको छ। सुभाष भुसालले संगीत भरेको गीतमा केतन क्षेत्रीको स्वर छ भने गीत सुरज गैरे ‘विवस’ले लेखेका हुन्।

चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको अभिनय छ। चलचित्रका निर्देशक विशाल सापकोटा हुन्।

निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायांकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ। दिनेश राउत र सुभाष थापा मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन्।

हेर्नुहोस् भिडियो :