एजेन्सी / बलिउड तथा साउथ फिल्मकी चर्चित अभिनेत्री श्रुति हसनको ३४ औं जन्मदिनको अवसरका उनका जीवनमा जोडिएका केही तथ्यहरु बाहिरिएका छन्।

सन् १९८६ मा चेन्नईमा जन्मिएकी हसन साउथका सुपरस्टार कमल हसनकी छोरी हुन्। मुम्बईको एन्ड्रुज कलेजमा साइकोलोजीकी विद्यार्थी श्रुतिले क्यालिफोर्नियामा संगित पनि सिकेकी थिइन्। फिल्ममा आउनुअघि मोडलिङ गरेकी हसन गायिका र संगितकार पनि हुन्।

उनले आफ्ना पिताको फिल्म ‘थेवार मगन’ मा ६ वर्षको कलिलो उमेरमै गीत गाएकी थिइन्। दोस्रो गीत पनि उनले पिता कमल हसनको फिल्म ‘चाची ४२०’ मा गाएकी थिइन्। उनले मल्लिका शेरावत स्टारर फिल्म ‘हिस्स’ को लागि गीत लेखेकी थिइन्। फिल्म ‘लक’ बाट बलिउडमा डेब्यु गरेकी श्रुतिले सोनु सुद स्टारर फिल्म ‘रमैया वस्तावैया’ मा पनि भूमिका निभाएकी थिइन्। यसैगरी उनले अक्षय कुमारको फिल्म ‘गब्बर इज ब्याक’ पनि मुख्य भूमिका निभाएकी थिइन्।

उनले लक्ष्मी प्रसन्नाको शोमा आफ्नो रक्सीको लतको बारेमा खुलेर बताएकी थिइन्। उनलाई एक समय हिस्कीको लत लागेको थियो। अल्कोहोलिक भएको कारण उनको करियरको ग्राफ इफेक्ट पनि कम हुन थाल्यो। उनको रक्सीको नसा यतिसम्म भयो कि उनले फिल्मबाट नै ब्रेक लिइन्। केही समयपछि उनले रक्सी पिउन छोडेको पनि बताइन्। यद्यपि, उनी बिरामी परिन्। डाक्टरले उनलाई रक्सीको कारण विरामी परेको बताए। त्यसपछि विस्तारै उनले फिल्ममा काम गर्न छोडिन्।

उनले फिल्म बाहेक विज्ञापन पनि गरेकी छिन्। उनको कुनै समय तामिल स्टार सिद्धार्थसँग नाम जोडिएको थियो। उनको रजनीकान्तको ज्वाँईसँग पनि नाम जोडिएको थियो। उनी यतिबेला फिल्म क्षेत्रबाट टाढा छिन्।