काठमाण्डौ / सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले सरस्वती युथ क्लबविरुद्ध शानदार जित निकालेको छ। युवा फरवार्ड संजोक राईले दोस्रो हाफमा ह्याट्रिक प्रहार गरेपछि रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सानदार जित हासिल गरेको हो।

दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले सरस्वती युवा क्लबलाई ४/० ले पराजित गर्यो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा थ्री स्टारले दुई खेलाडी परिवर्तन गरेपछि उत्कृष्ट प्रदर्शन गरेको थियो।

त्रिपुरेश्वरथित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले रेलिगेशन क्षेत्रको सरस्वतीलाई ४/० गोलको फराकिलो अन्तरले पराजित गरेको हो। थ्री स्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे। लाल राम्मव्राले एक गोल गरेको हो।

सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन्। यस्तै सन्जोग बिस २०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ। थ्री स्टारले १० खेलमा १७ अंक जोडेको छ। पुछारको सरस्वतीले १० खेलमा ४ अंक जोडेको छ।