काठमाण्डाै / अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) को टी–२० वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ।

आईसिसीले सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल टी–२०मा १२औँ स्थानमा छ। यसअघि पनि नेपाल १२औँ स्थानमा नै थियो। 

नेपाल टी–२० वरीयतामा ११ औँ स्थानसम्म पुगेको छ। टी–२० विश्व वरीयतामा पाकिस्तान शीर्ष स्थानमा, अस्ट्रेलिया दोस्रो, इङ्ग्ल्याण्ड तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन्।

टी–२० काे खेलाडी वरीयताअन्तर्गत ब्याटिङतर्फ नेपालका पारस खड्का ६२औँ स्थानमा छन्। यसअघि उनी ६०औँ स्थानमा थिए।  

यसैगरी बलिङतर्फ नेपालका सन्दीप लामिछाने ८५औँ स्थानमा छन्। यसअघि उनी ८३औँ स्थान थिए। अलराउण्डरतर्फ पारस २७औँ, सोमपाल कामी ६५औँ र करण केसी ७५औँ स्थानमा छन्।