काठमाण्डौ / पछिल्लो समय एकाएक चर्चामा आएकी बलिउडकी नायिका हुन् सारा अलि खान। उनले चलचित्र’ केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी हुन् भने उनको पहिलो चलचित्र ‘केदारनाथ’ले भारतीय बक्स अफिसमा धमाका मच्चाएको थियो। चलचित्र सुपरहिट भएको थियो। उनी पहिलो चलचित्रबाट नै दर्शकको मन मुटुमा स्थान बनाइसकेकी छिन्।

उनको सुन्दरता र अभिनयलाई दर्शकले अत्याधिक रुचाएका छन्। उनी अहिले चर्चाको शिखरमा रहेकी छिन्। सारा अलि खान बलिउडका सुपर स्टार सैफ अलि खानकी छोरी हुन्। उनी केही दिनअघि करण जोहरसँगको कार्यक्रममा भनेकी थिइन्– मेरो क्रस हुन्, कार्तिक आर्यन भने अर्को हेलमेट नलगाई बाइक पछाडि बसेको भिडियो सोसल मिडियामा भाइरल थियो। उनी बिभिन्न बिषयले चर्चामा रहिरहन्छिन्।

उनको दोस्रो चलचित्र ‘सिम्बा’ ले भारतमा नयाँ रेर्कड सँगै बक्स अफिसमा तहल्का मच्चाइ दिएर सुपरहिट भैसकेको छ । उनको अर्को चलचित्र ‘लब आजकाल’को सिक्वेलमा आफ्नै पिता सैफ अलि खानसँग देखिने भएकी छिन्। चलचित्रमा पनि बुवा छोरीको भूमिकामा देखिने भएका छन्।

हेर्नुहोस् फोटो फिचर