काठमाण्डौ / हास्यकलाकार तथा निर्माता दीपकराज गिरीले माघ २४ गते रिलिज हुने चलचित्र ‘सेल्फी किङ’मा आफ्नो कथा महसुस गरेको बताएका छन्। चलचित्रको ट्रेलर हेरेपछि उत्साहित बनेका दीपकराजले ‘सेल्फी किङ’का शिर्ष कलाकार विपिन कार्कीसँग भेट गरेका हुन्।

उनले ट्रेलरमा देखाइए जस्तै हास्य कलाकारको जीवनमा सोचेजस्तो उमंग नहुने बताए। ‘हास्य कलाकारले दर्शकलाई हसाउछ, तर उसले भित्रि भावना कतिसम्म दबाउछ – त्यो देखाउदैन।’ दीपकराजले ट्रेलरमा आफ्नै कथा पनि देखेको बताए।

चलचित्र छायांकनको दौरान आफुले हास्यकलाकारको जीवन भोगाइ नजिकबाट नियाल्ने मौका पाएको बताए। साथै, चलचित्रमा हास्य पाटो मात्र नभएर कलाकारको भित्रि जीवन केलाउने प्रयास भएको दावी गरे।

विशाल सापकोटाले निर्देशन गरेको चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराललगायतका कलाकारको अभिनय छ। चलचित्रमा एक हास्यकलाकारको तीन दिने यात्राको कथा उठाइएको छ।

हेर्नुहोस् ट्रेलर :