काठमाण्डौ / युट्युबमा सार्वजनिक गरिएपछि ‘डियर कमरेड’ नामक दक्षिण भारतीय फिल्मले नेपालमा लोकप्रियता कमायो। फिल्मको कथा र नायिका रश्मिका मण्डानाको चर्चा भयो।

त्यसै पनि नेपालमा दक्षिण भारतीय फिल्मले खुबै लोकप्रियता कमाउने गर्छन्। नेपाली दर्शकले दक्षिण भारतीय स्टारलाई पनि मनमा सजाउने गर्छन्।

पछिल्लो समय नेपाली दर्शकका मनमा ‘डियर कमरेड’ फिल्मकी रश्मिका बसेकी छिन्। यो फिल्मसँगै उनलाई धेरैले क्रस बनाएका छन्।

फिल्म हेरेर धेरैले आफू रश्मिकाको फ्यान भएको बताएका छन्। त्यसो त फिल्मका अभिनेता विजयका पनि नेपालमा उत्तिकै फ्यान छन्।

२४ वर्षीया रश्मिकाले तेलुगु र कन्नड फिल्ममा आफूलाई व्यस्त बनाएकी छिन्। तेलुगु र कन्नडमा लोकप्रिय र महंगो पारिश्रमिक लिने नायिका रश्मिकाका केही सुन्दर तस्वीर हेरौं: