एजेन्सी / बलिउड चलचित्रकी अभिनेत्री दिब्या दत्ताले फिल्ममा ‘वैवाहिक बलात्कार’ को सीन दिएपछि घरमा गएर रोएको बताएकी छिन्। कुशल अभिनयका कारण राष्ट्रिय पुरस्कारसमेत प्राप्त गरेकी दत्तले एक कार्यक्रममा कुराकानीको क्रममा सो बलात्कारको सीनपछि आफू भित्रैबाट टुटेको बताएकी थिइन्।

दत्तले ‘जश्न ए रेख्ता’ को दौरान आफ्नो व्यवसायिक जीवन र शुटिङ अनुभवको बारेमा आफ्ना कुराहरु शेयर गरेकी थिइन्। उनले भनिन्, ‘केही सयम पहिले म एउटा चलचित्र शुटिङ गरिरहेको थिएँ। जसमा एउटा सीन वैवाहिक बलात्कारको सम्बन्धमा थियो।

यस्तो सीन सुट गर्दा निर्देशक, चलचित्रका अन्य क्रु मेम्बरहरु संवेदनशील हुन्छन्। र सबै त्यस्तो सीनलाई राम्रो बनाउन सचेत हुन्छन्। सबै कुरालाई ध्यानमा राखिन्छ।’ दिब्याले अगाडि भनिन्, ‘सो सीन गरेपछि म भित्रैबाट टुटेकी थिएँ। र, घर गएर धेरै रोएँ। त्यो समय मलाई बलात्कारको सो सीनले निकै प्रभावित पारेको थियो।’