आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाईन डे। प्रेम गर्नेहरुको दिन अर्थात मायालु दिन।

यसै सन्दर्भमा ३ दर्जन बढि म्युजिक भिडियो र केहि नेपाली चलचित्रमा अभिनय गरिसकेका दिनेश कोईराला र मोडलिङमा संघर्षरत समिक्षा केसीका केहि तस्विर हामी तपाँईका लागि प्रस्तुत गर्दैछौँ।

प्रदेश नम्बर १ चलचित्रकर्मी महासंघ महासचिव समेत रहेका कोईराला नेपाली चलचित्र क्षेत्रमा द कमाण्डो नामक चलचित्रबाट डेब्यु गरेका हुन्। पूर्वमा बसेर काम गर्न रुचाउने दिनेशले मिराज, रामसाईली, म पर्खिरहन्छु, फेकफेण्डलगायतका चलचित्रमा मुख्य भूमिका निर्वाह गरिसकेका छन्।
मोफसलमा म्युजिक भिडियो, फिल्ममा जमिरहेका कोईराला मोडलिङबाट आएका हुन्।

यस्तै इटहरी घर भएर काठमाण्डौमा बसोबास गर्ने समिक्षाले पनि गायक बाबुल गिरीको गितमा अभिनय गरिसकेकी छन्। मोडलिङमा ब्यस्त समिक्षा फोटोसुट गर्न रुचाउछिन्। म्युजिक भिडियो र चलचित्रमा अवसर पाए अघि बढ्ने समिक्षा बताउँछिन्। 

IMG_0676 IMG_0672 IMG_0618 IMG_0619 IMG_0572a copy IMG_0682

तस्विर studio 977 
मेकअप : मनिता तामाङ

(पेस्को मेकअप स्टुडियो इटहरी)