एजेन्सी / बलिउड तथा दक्षिण भारतीय सिनेमाकी दिग्गज अभिनेत्री किशोरी बलालको निधन भएको छ। उनी शाहरुख खानको फिल्म स्वदेशमा कावेरी आमाको भूमिकाका लागि चिनिएकी थिइन्।

लामो समयदेखि स्वास्थ्यमा समस्या देखिएको बलालको अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

निर्देशक आशुतोष गोवारिकरले यसको जानकारी ट्विटरमा दिएका छन्। किशोरीले सन् १९६० मा बलिउडमा आफ्नो पाइला चालेकी थिइन्।