काठमाण्डौ / नेपाली गायक गोविन्द गुरागाईँको ‘कान्छी तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ। शुक्रबार सामाजिक सञ्जाल युट्युवमार्फत सो गीत सार्वजनिक भएको हो।

गीतमा गुरागाईँको शब्द र संगित रहेको छ। गीत युवापुस्ता लक्षित भएको गायकले बताएका छन्। गीतमा विपीन अधिकारीको छाँयांकन रहेको छ भने भिडियोलाई अर्विट पोखरेलले निर्देशन गरेका हुन्।

विजय तामाङले कोरियोग्राफी रहेको गीतमा विजय तामाङ, रमी राई, सिर्जना सेन्च्युरी, अञ्जन गजमेर, सुजन तामाङ, विशाल तामाङ, सन्तोष तामाङको नृत्य देख्न सकिन्छ।

हेर्नुहोस् भिडियो :