काठमाण्डौ / नायिका वर्षा शिवाकोटी पछिल्लो समय ‘हट’ बन्दै गएकी छिन्। कुनै समय कुर्तामा सरल देखिने यी नायिका आजभोलि भने छोटो कपडामा रमाउन थालेकी छिन्।

यतिबेला उनी ‘परदेशी २’ नामक फिल्मको छायांकनमा व्यस्त छिन्। यो फिल्मलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् भने फिल्ममा प्रकाश सपूतको पनि शीर्ष भूमिका रहनेछ।

यता वर्षाको शीर्ष भूमिका रहेको फिल्म ‘लक्का जवान’ को पनि चर्चा छ। फिल्मको गीत हालै रिलिज भएको थियो।

खासै विवादमा आउन नचाहने वर्षा पछिल्लो समय भने बोल्ड अवतारमा देखिन थालेकी छिन्। सामाजिक सञ्जालमा उनका कैयौं फ्यान छन्।

यतिबेला म्युजिक भिडियोमा भन्दा बढी फिल्ममै रमाएकी वर्षा सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन्।