काठमाण्डौ / आफ्नो नामबाट पोर्नस्टारको ट्याग हटाउन लागेकी बलिउड अभिनेत्री सन्नी लियोनले नयाँ रेकर्ड राखेकी छन्। उनले गुगल सर्चका क्रममा अगस्टको पहिलो सातासम्म भारतमा सबैभन्दा बढी सर्च गरिने व्यक्तिमा पहिलो नम्बर हासिल गरेकी छिन्।

यस सूचीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खानजस्ता स्टार पनि पछि परेका छन्। मणिपुर र असमवासीले सनीलाई सबैभन्दा बढी सर्च गरेका छन्। सनीले भनेकी छिन्, ‘मेरो टिमले यो खबर दिएपछि मलाई धेरै खुसी लागेको छ।’