इटहरी / सुनसरीको इटहरीमा बुधबारदेखी शुरु ग्रासरुट क्षेत्रिय लिग फूटबलमा सुनसरी र उदयपुरले अंक बांडेका छन्। इटहरी २० तरहरामा शुरु लिगको उदघाटन खेलमा सुनसरी र उदयपुरले एक एक अंक बांडेका हुन्।

दश बर्षमुनीको उमेर समुह अन्तर्गत भएको उद्धघाटन खेलमा सुनसरी र उदयपुरले गोलरहित बराबरी खेलेपछी अंक बांड्न बाध्य भएका हुन्। आगामी शुक्रबारसम्म चल्ने लिगको इटहरी उपमहानगरपालिका वार्ड नं २० का वडाअध्यक्ष मणिराम श्रेष्ठले उद्धघाटन गर्नुभयो।

लिगमा प्रदेश एकका झापा, मोरङ, सुनसरी र उदपयुर गरी चारवटा जिल्ला सहभागी रहेको अखिल नेपाल फुटबल संघ एन्फा सुनसरी जिल्ला अध्यक्ष केशव कार्कीले जानकारी दिनुभयो। लिगमा १० र १३ बर्ष उमेर समुह गरी दुई बिधामा खेल हुनेछ। लिग बिजेताले आगामी महिना हुने प्रदेशस्तरिय लिग खेल्न पाउने कार्कीले जानकारी दिनुभयो।