एजेन्सी / ग्रामी अवार्ड विजेता गायिका डफीएमीएनी डफीले आफूमाथि आक्रमणकारीले लागुऔषध खुवाएर बलात्कार गरेको खुलासा गरेकी छन्। ३५ वर्षकी बेलायती गायिका डफीले सामाजिक सञ्जाल इन्स्टाग्राम लेखेकी छन्, ‘सामान्य अवस्थामा फर्किन समय लाग्यो। कृपया मलाई विश्वास गर्नुहोस्। म अहिले ठीक र सुरक्षित छु।’

सन् २००७ बाट ‘रकफेरी’ एल्बमबाट सांगीतिक यात्रा सुरु गरेकी उनले सोहीबाट ग्रामी अवार्ड जितेकी थिइन्। ‘मलाई बन्धक बनाएर लागुऔषध खुवाई बलात्कार गरियो। यो लेख्नुअघि मैले कयौं पटक सोच्नो थियो।

मलाई यो कुरा बोल्न किन यत्रो समय लाग्यो भन्ने थाहा छैन। यसबारे बोल्दा सहज महसुस गरिरहेकी छु, ’उनले लेखेकी छन्, ‘मलाई के भयो र कहाँ हराएँ भनेर सबैलाई लागि रहेको होला। एक पत्रकारले मलाई सम्पर्क गरे। मैले उनलाई गत गर्मी मौसममा सबैकुरा भनेको थिए। उनी असल थिए र अन्ततः बोल्दा सहज महसुस भएको थियो।’

‘सत्य कुरो हो, कृपया मलाई विश्वास गर्नुहोस्। म अब ठीक र सुरक्षित छु। मलाई लागुऔषध खुवाएर केही दिन बन्धक बनाएर बलात्कार गरिएको थियो। तर म बाँच्न सफल भएँ। सामान्य अवस्थामा फर्कन समय लाग्यो।

यो भन्न सहज नभएपनि म भन्न सक्छु। पछिल्लो दशकमा, हजारौं दिनहरूमा मैले घामको उज्यालो महसुस गर्न कोशिस गरें। तर, असफल रहें। अहिलेचाँहि घाम लागेको छ,’ उनले लेखेकी छन्।