काठमाण्डौ / नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानूनी रुपमा बिहे गरेका छन्। प्रियंकाले आयुष्मानसँगको तस्वीर शेयर गर्दै कानूनी रुपमा बिहे गरेको जानकारी दिएकी हुन्।

प्रियंका कार्कीको  जन्मदिनको अवसर पारेर प्रियंका र आयुष्मानले कानूनी बिहे गरेका हुन्। यी दुईको बिहेमा परिवारका सीमित सदस्य उपस्थित थिए । उनीहरुले ललितपुर जिल्ला अदालतमा बिहे गरेका हुन्। 

शुक्रवार यो जोडीले नेपाली परम्पराअनुसार बिहे गर्नेछ । यी दुईले बिहेका लागि एक बैंक्वीट रिजर्भ गरेका छन्।

लामो समय प्रेममा रहेका आयुष्मान र प्रियंकाले असारमा नै बिहे गर्ने भनिए पनि परिवारको समय नमिलेका कारण फागुनमा सरेको थियो।