इटहरी/ प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले आँफुबिरुद्व २०७२ साल देखिनै षड्यन्त्र शुरु भएको बताउनुभएको छ। प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई शनिबार इटहरीमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले यस्तो भन्नुभएको हो।

आफ्ना बारेमा पछिल्लो समय आएका समाचारबारे टिप्पणी गर्दै मुख्यमन्त्री राईले पार्टी भित्रैका केही व्यक्तिबाट षडयन्त्र भईरहेको र आफ्नो राजनीतिक जीवन र चरित्र हत्या गर्न केही मिडियाहरु पनि दुरुपयोग भएको दाबी गर्नुभएको छ।

मुख्यमन्त्री राईले पहिलो पटक यो बिषयमा बोल्दै आँफुले यो फोरममा केही नबोलेन आँफु अन्यायमा पर्ने महसुस गरेको भन्दै आँफु सञ्चारमन्त्री भएको २, ३ महिनादेखि त्यो षडयन्त्र शुरु भएको र आफुबिरुद्ध विभिन्न ठाउँ बैठकहरु बसेर एउटा गिरोह सक्रिय भएको र गिरोहले नै केही पात्रहरुको खोजेर, खरीद गरेर आफुमाथि प्रयोग गरेको दाबी गर्नूभएको छ।

हेर्नुहोस मुख्यमन्त्री राईको भनाई :