काठमाण्डौ / बलिउड अभिनेत्री दीपिका पादुकोण फेसन सम्बन्धी विभिन्न कार्यक्रममा सहभागी हुन औधि रुचाउँछिन्।

झन् विदेशमा आयोजना हुने यस्ता कार्यक्रम त उनको विशेष प्राथमिकतामा पर्ने गर्छ। तर फ्रान्सको राजधानी पेरिसमा आयोजना भइरहेको पेरिस फेसन विकमा भने सहभागी नहुने भएकी छिन्।

कोरोना भाइरस प्रकोपबाट विश्व नै त्रसित भइरहेको अवस्थामा दीपिकाले पनि त्यसबाट त्रसित हुँदै आफ्नो फ्रान्स यात्रा रद्द गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

फेसन ब्रान्ड लुई वितोको निमन्त्रणामा फ्रान्स प्रस्थान गर्ने तयारी गर्दैगर्दा अचानक उनले आफ्नो कार्यक्रम रद्द गरेकी हुन्। उनको प्रवक्ताद्वारा जारी विज्ञप्तिमा फ्रान्समा कोरोना भाइरस फैलिइरहेका कारण उनको कार्यक्रम रद्द गरिएको जनाइएको छ।