काठमाण्डौ / पत्रकार, चलचित्र समीक्षक हुँदै निर्देशक बनेका दीपेन्द्र लामाले अब ‘दुई नम्बरी’ बनाउँदैछन्। उनी अभिनीत पछिल्लो चलचित्र ‘छ माया छपक्कै’ले निकै चर्चा आएको थियो। त्यसपछि उनी ‘दुई नम्बरी’तिर लागेका हुन्।

‘दुई नम्बरी’मार्फत भुटानी अभिनेत्री उगेन छोदेन नेपालीमा डेब्यू गर्दैछिन्। निर्मात्री तथा निर्देशकको समेत परिचय बनाएकी उगेनलाई नेपाली चलचित्रमा भित्राउन पाउँदा निर्देशक लामा छ खुसी छन् नै, उगेन पनि खुसी छिन्।

उगेनले भनिन्, ‘भुटानमा पनि नेपाली कलाकारको राम्रो क्रेज छ, नेपाली चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको छ।’ यो चलचित्रमा उनी अभिनेता दयाहाङ राईसँग अनस्क्रिन शेयर गर्नेछिन्। राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र ‘दुई नम्बरी’मा अनुबन्ध गराइएको निर्माणपक्षले जानकारी दिइएको हो। चलचित्रको छायाँकन २८ फागुनदेखि सुरु हुने बताइएको छ।

चलचित्रमा उगेन भुटानी नागरिककै भूमिका रहने बताइएको छ। यो चलचित्रमा उगेन र दयाहाङसँगै पल शाह, वर्षा राउतलगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ। किरण नेपालीको प्रस्तुति रहने ‘दुई नम्बरी’ रेडबर्ड प्रोडक्सन र आरआर फिल्मसको ब्यानरमा निर्माण हुन लागेको हो।