डम्बर सिन्चिउरी-वेलबारी / मोरङको बेलबारीमा प्रदेश एक स्तरिय प्रथम मेयरकप तेक्वान्दो खेल प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रका लागि खेल, स्वास्थ लागि खेल भन्ने मुल नाराका साथ एक नम्बर प्रदेश तेक्वान्दो संघ विराटनगरको तेश्रो संस्करण अन्तर्गत सो तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको हो।

कार्यक्रमको उद्घाटन गर्दै वेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदिले आगामि दिनमा तेक्वान्दोको उद्गम स्थल बाहुनी बजारमा एउटा सुविधा सम्पन्न कवर्डहल निर्माणका लागि बजेट विनियोजन गर्न पहल गर्नुका साथै मेयर कप प्रतियोगितालाई निरन्तर्ता दिन आफू लागिपर्ने बताउनुभयो।

13 बाहुनी डोजाङले आयोजना गरेको प्रतियोगिताको प्रविधि संयोजन भने एक नम्बर प्रदेश तेक्वान्दो संघ विराटनगरले गरेको थियो। राष्ट्रिय तथा क्षेत्रीय स्तरसम्म प्रतिष्पर्धा गरिँदै आएको तेक्वान्दो खेललाई प्रदेश स्तरसम्म पुयाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको तेक्वान्दो महासंघ अध्यक्ष अन्जन धमलाले बताउनुभयो।

प्रतियोगितामा प्रदेश एक भित्रका झापा ,मोरङ, भोजपुरलगायत १० जिल्लाका १० वटा समुहले भाग लिएका थिए। तेक्वान्दो खेल अन्तर्गतको सेल्फ डिफेन्स र स्पारिङ गरी दुईवटा विधामा संचालित सो प्रतियोगितामा १८४ जना खेलाडिहरुले प्रतिस्पर्धा गरेका थिए।

12 फाल्गुण २३ र २४ गते गरि दुई दिन संचालीत सो प्रतियोगिता वेलबारी ७ बाहुनी बजारस्थित शस्त्र वेसक्याम्प अगाडिको खेल मैदानमा संचालन गरिएको थियो। प्रतियोगितामा दुईवटै विधामा उत्कृष्ठता हासिल गर्ने खेलाडिहरुलाई पदक तथा प्रमाण पत्र प्रदान गरिएको थियो।