एजेन्सी / यी महिलाको नाम मिकेल रफिनेली हो। उनी अमेरिकाकी स्थायी बासिन्दा हुन्। झण्डै ४५ वर्षीया मिकेल आफ्ना श्रीमान् रेगी र चार छोराछोरीसँग बस्छिन्।

श्रीमान् रेगीलाई मिकेलको शरीर धेरै मनपर्छ। उनले विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, ‘उनको मलाई व्यवहार धेरै मनपर्छ। त्यो भन्दा पनि उनको शरीर आकर्षक छ।’

मिकेलले आफू पहिले यस्तो शारीरिक अवस्थामा नभएको बताइन्। उनले भनिन्, ‘म पहिले निकै पातलो थिए । मेरा छोराछोरी जन्मिएपछि मेरो हिप बढ्यो । मलाई सामान्य ढोकाभित्र पस्न पनि समस्या हुन्छ ।’

उनको हिप १ सय भन्दा धेरै इन्चको छ। कम्मर भने जम्मा ४० इन्चको रहेको छ। धेरैले उनले शल्यक्रिया गरेर बढाएको अनुमान गर्छन्। तर उनको हिप प्राकृतिक नै हो। हवाइ यात्रामा जाने बेलामा उनलाई एउटा सिटले पुग्दैन। त्यसैले दुईवटा टिकट काटेर हिड्नुपर्छ।