काठमाण्डौ / नेपाल तेक्वान्दो सङ्घले ‘माउन्ट एभेरष्ट ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप’ स्थगित गरेको छ।

बिहिबार प्रेस विज्ञप्ति निकाल्दै सङ्घले चैत १९ देखि २३ गतेसम्म हुने प्रतियोगिता कोरोना भाइरसको कारण स्थगित गरिएको जनाएको छ।

अर्को सूचना जारी नहुँदासम्मका लागि प्रतियोगिता स्थगित गरिएको छ। यसका साथै सङ्घले अनुकूल परिस्थितिमा प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिने बताएकाे छ।