काठमाण्डौ / कोरोना भाइरसका कारण स्पेनिस ला लिगाअन्तर्गत दुई चरणका खेलहरु स्थगित भएका छन्। जारी सिजनमा आउँदाे दुई साता ला लिगाका खेलहरु नहुने पक्का भएको हाे।

यदि दुई हप्तासम्म पनि अवस्था सामान्य नभए फेरि अरु खेल पनि स्थगित गरिने स्पेनिस ला लिगाले जनाएको छ। रियल मड्रिडका बास्केटबल खेलाडीमा कोरोनाको सङ्क्रमण देखिएर क्वारेण्टाइनमा राखेपछि ला लिगा आयोजकले लिग स्थगित गरेको हो।

युरोपियन फुटबल महासङ्घले भने च्याम्पियनस लिगका बारेमा अझै आधिकारिक धारणा निकालेको छैन। प्रिक्वाटर फाइनलको दोस्रो लेगमा रियलले सिटीसँग खेल्दैछ। रियल मड्रिडको पूरै टिमलाई यतिबेला क्वारेण्टाइनमा राखिएको छ।