काठमाण्डौ / पराग्वेमा हिरासतमा रहेका ब्राजिलका फुटबलर रोनाल्डिन्होले जेलमा हुने एक फुटबल प्रतियोगितामा भाग लिने भएका छन्।

नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका रोनाल्डिन्होले सो प्रतियोगिता जितेमा १६ किलोको विशेष प्रकारको सुँगुरको मासु पुरस्कार पाउने बताइएको छ।

ब्राजिललाई २००२ मा विश्वकप जिताएका ३९ बर्षिय रोनाल्डिन्होले १६ किलो सुँगुरको विशेष प्रकारले तयार गरिएको मासुको लागि फुटबल खेल्ने विषय अहिले पराग्वेमा चर्चाको विषय बनेको छ।

हिरासतमा समय बिताउन रोनाल्डिन्होले यो प्रतियोगितामा खेल्न लागेको एबिसी टिभी पराग्वेलाई उदृत गर्दै डेली मेलले लेखेको छ।

आफ्ना दाजुसँग केहि साता अघि पराग्वेमा नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका रोनाल्डिन्होले आफु नक्कली पासपोर्टमा यात्रा गरेको जानकारी नभएको अदालतमा बताएपनि अदालतले भने उनको सो दलिल अस्विकार गरेको छ। अदालतले उनी नक्कली पासपोर्टमा यात्रा गर्दै छन् भन्ने उनलाई थाहा छैन भने उनी मुर्ख हुन भनेको छ।