एजेन्सी / यूरोपियन फुटबलका सर्वाधिक ठुला प्रतिद्वन्दी हुन् रोनाल्डो मेस्सी, नयाँ सिजनको प्रारम्भसंगै कसको अवस्था कहाँ छ भन्ने विषयमा हामीलाई जिज्ञासा हुन् सक्छ र गोल एस्सिस्टबाट नै खेलको निर्धारण हुने हुदा हमेशा यी दुई विच यस विषयमा समेट निकै धेरै विवाद र चर्चा हुने गर्दछ। सिजन लगभग एक चौथाई मात्र बाकी हुदै गर्दा हेरौ बार्सिलोना जायन्ट र युभेन्ट्स जायन्ट लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो विचको अवस्था के कस्तो छ १

अन्तर्राष्ट्रिय खेलहरु बाहेक अन्य पूर्ण खेलहरु जोड्दा हालसम्ममा एक गोलले मेस्सी पछाडी रहेका छन्, पूर्ण खेल प्रतिस्पर्धामा रोनाल्डोको २५ गोल रहेको छ भने लिओनेल मेस्सिले २४ गोल गरेका छन्। ३१ खेल पूर्ण खेलका लिओनेल मेस्सिको १६ गोल एस्सिस्ट रहेको छ भने रोनाल्डोको मात्र २ एस्सिस्ट रहेको छ।

हालसम्म भएको च्याम्पियन लिग खेलमा रोनाल्डो मेस्सिको समान दुई दुई गोल रहेको छ। यसमा रोनाल्डोले ७ खेल र मेस्सिको २ खेल रहेको छ। च्याम्पियन लिग यस सिजन लिओनेल मेस्सिले ३ गोल एस्सिस्ट समेत गरिसकेका छन्।

स्पेनिस ला लिगा खेलमा आवर्द मेस्सीले १९ गोल गर्दै १२ गोल एस्सिस्ट गरेका छन। २२ खेल खेलेका मेस्सी ला लिगा फुटबलका यस सिजनका सर्वाधिक गोलकर्ता समेत हुन्।

सिरी ए लिग आवर्द क्रिस्टियानो रोनाल्डोले यस सिजन २१ गोल गरिसकेका छन् भने २ गोल एस्सिस्ट समेत गरेका छन्।

रोनाल्डो मेस्सी दुबैले यस सिजन लिग खेलमा २२ खेल खेलेका छन।