काठमाण्डाै / आहा रारा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ ।

पोखरा रंगशालामा मनाङले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोलले हरायो।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।