काठमाण्डौ / स्पेनिस क्लब भ्यालेन्सियाका ३५ प्रतिशत खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ।

क्लबले सोमबार जारी गरेको आधिकारिक वक्तव्यमा सावधानीका सबै उपायहरु अपनाउँदा पनि क्लबका ३५ प्रतिशत खेलाडी तथा खेल पदाधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उल्लेख गरिएको छ।

आफ्ना खेलाडीमा कोरोना भाइरसको संक्रमण फैलिनुको कारण गत फेब्रुअरी १९ मा मिलानमा भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत खेल रहेको भ्यालेन्सियाले दाबी गरेको छ।

मिलानमा भ्यालेन्सियाले एट्लान्टासँग खेलेको थियो। यसअघि आइतबार भ्यालेन्सियाले आफ्ना पाँच खेलाडी तथा खेल पदाधिकारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताएको थियो।

संक्रमण देखिएका सबै खेलाडी आ–आफ्नै घरमा आइसोलेसनमा छन्। उनीहरुलाई व्यक्तिगत रुपमा प्रशिक्षण कायम राख्नका लागि निर्देशनहरु दिइएको क्लबले जनाएको छ।