काठमाण्डौ / मिस नेपाल–२०१८ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन्। उनी हाल अमेरिका बस्दै आएकी छन्।

भारतीय टेलिभिजन जी न्युजका अनुसार ‘मिस युनिभर्स’ अन्तर्गत ‘उत्कृष्ट दस’मा परेकी मनितालाई ‘संसारकै सबैभन्दा सुन्दर महिला सूची’मा समावेश गरिएको हो।

थाइल्यान्ड बैंककमा सन् २०१८ को ‘मिस युनिभर्स’को ‘नेसनल गिङ्खट एक्सन’मा पहिलो पुरस्कार पाएकी मनिता क्याम्पस जीवनमा खर्च जुटाउन दुई ठाउँ काम गर्थिन्। उनी अहिले कैयौं संस्थासँग जोडिएकी छन्।