एजेन्सी / इटालियन क्लब युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडीलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ। युभेन्ट्सले माटुइडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरेको हो।

युभेन्ट्सका ३२ वर्षीय माटुइडी युभेन्ट्सका प्ले मेकर हुन्। उनको उत्कृष्ट प्रदर्शनमा फ्रान्सले सन् २०१८ को विश्वकप जितेको थियो।

माटुइडीलाई अहिले आइसोलेसनमा राखिएको पनि युभेन्ट्सले जनाएको छ। युभेन्ट्समा कोरोनाको संक्रमण देखिने माटुइडी दोस्रा खेलाडी हुन्। यसअघि रक्षक ड्यानियल रुगानीलाई कोरोनाको संक्रमण भएको थियो।

चीनबाट ऊहानबाट फैलिएको कोरोनाभाइरसको महामारीले अहिले सबैभन्दा बढी आक्रान्त इटालीलाई बनाएको छ।