एजेन्सी / भारतमा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि बलिउड फिल्मको र टिभी शोका सुटिङहरु स्थगित गरिएको छ।

भारतीय समाचार एजेन्सीका अनुसार प्रख्यात कमेडी शो द कपिल शो शर्माको सुटिङ पनि स्थगित गरिएको हो। सोनीबाट प्रसारण हुने टिभी शो कोरोना भाइरसको संक्रमणकै डरले स्थगित गर्नुपरेको बताइएको छ।

महराष्ट्र प्रदेशले त्यहाँ सबै सिनेमा हल बन्द गर्न समेत निर्देशन दिइसकेका छन्।

त्यस्तै संजय लीला भन्सालीको आगामी फिल्म गंगुबाई काठियावाडीको सुटिङ पनि रोकिएको छ। फिल्ममा आलिया भट्टले अभिनय गरेकी छन्। मुम्बईका कमशिनरले फिल्म सिटीमा भइरहेका सबै सुटिङ स्थगित गर्न निर्देशन दिएका थिए।

जसका कारण कसौटी जिन्दगी की २ पनि प्रभावित बनेको छ। फिल्म सिटी ३१ मार्चसम्म बन्द गर्न निर्देशन दिइएको बताइएको छ।

कोरोना भाइरसबाट हालसम्म भारतमा तीन जनाको ज्यान गइसकेको छ भने १ सय ४५ जनामा कोरोनाको संक्रमण भेटिएको छ।