चितवन / चितवनको सौराहामा विदेशी महिला पर्यटकलाई यौनाङ्ग देखाएको आरोपमा ईलाका प्रहरी कार्यालय टाँडीले सुनिल परियारलाई पक्राउ गरेको छ।

सौराहाको सिता सोभीनीयर कपडा पसलमा यही चैत्र ३ गते कपडा किन्न गएकी बेलायती महिलालाई यौनाङ्ग देखाएको आरोपमा रत्ननगर ६ बछौलीका २१ वर्षीय परियारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) शेखरकुमार शाहाले जानकारी दिनुभयो।

पक्राउ परेका परियारलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १२२ बमोजिम सार्वजनीक स्थानमा यौनाङ्ग देखाउन नहुने अर्न्तगत म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरी निरीक्षक शाहले बताउनुभयो।