बिराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफुले सभापतिमा उम्मेद्वारी दिने बताउनुभएको छ। बिराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोईरालाले यस्तो बताउनुभएको हो।

सभापतिमा उम्मेद्वारी दिनका लागि आफूले सबै तयारी गरिसकेकाले अब पछि नहट्ने कोइरालाले बताउनुभयो। कांग्रेस केन्द्रिय सदस्यसमेत रहनुभएका कोइरालाले १४ महाधिवेशनबाट आफु सभापति बन्ने दावीसमेत गर्नुभयो। ‘महाधिवेशनको तयारीका लागि देशभरका नेता कार्यकर्तासँग साक्षात्कार गरिरहेको छु।’ नेता कोईरालाले भन्नुभयो ‘मलाई धेरैको साथ छ, अबको सभापति मै हुँ।’

धेरै नेता कार्यकर्ताहरुले आफुलाई सभापतिमा उम्मेद्वारी दिन आग्रह गर्ने गरेको उहाँले बताउनुभयो। सवैको सुझाव र आग्रहमा अघि बढिरहेको बताउँदै उहाँले पार्टीलाई सहि दिशामा अघि बढाउँन पनि आफुले सभापतिमा उम्मेद्वारी दिन आवश्यक रहेको जिकिरसमेत गर्नुभएको छ।