इलाम / इलाममा परीक्षा दिन स्कुल जाँदै गरेकी किशोरीको बलात्कारपछि हत्या भएको खुलेको छ। सूर्योदय नगरपालिका–१३ लक्ष्मीपुरकी १७ वर्षीया आकृति राईको मंगलबार बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ।

स्थानीय ज्योति माध्यमिक विद्यालयमा कक्षा ११ को परीक्षा दिन घरबाट हिँडेकी राईको शव बुधबार विद्यालय पुग्नुभन्दा करिब १५ मिनेटको दुरीमा फेला परेको थियो। बलात्कार गरी खाडलमा गाडिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी हीराबहादुर पाण्डेले बताउनुभयो।

बलात्कारपछि हत्याको अभियोगका प्रहरीले चार जनालाई पक्राउ गरेको छ। उनीहरुमध्ये लक्ष्मीपुरकै रोशन राईले बलात्कार गरी हत्या गरेको स्वीकार गरेको एसपी पाण्डेले बताउनुभयो। आकृतिको शव घुँडाभन्दा तल झारेर खुट्टा बाँधिएको र टाउको प्लास्टिकको बोरामा हालेर पुरिएको अवस्थामा भेटिएको थियो।