नविन लामिछाने-बिराटचोक/ सही सुचनामा ठूलो शक्ति हुन्छ। संकटको बेला सुचनाहरुको सही व्यबस्थापन भयो भने संकट व्यबस्थापनमा ठूलो सहयोग पुग्दछ। अहिले सम्पुर्ण विश्वनै कोरोनाभाईरसको कारणले गर्द हुने कोभिड १९ले आक्रान्त रहेको छ।

कोभिड १९ जीवाणुको फैलावट, मानव शरीर भित्रगर्ने असार, सर्नेतरिका, रोगको चक्र जस्ता कतिपय कुराहरु बैज्ञानिक अनुसन्धानको क्रममा रहेकोले पुष्टी हुन बाँकी नै छ। समयमै सही सुचनाहरु सम्प्रेषण गरि जनसमक्ष पुर्‍याई यो रोग बिरुद्द बिजय प्राप्त गर्नु अहिलेको प्रमुख चुनौती हो। सुचना कस्ले दिने भन्ने कुरा एकदमै महत्वपुर्ण हुन्छ। महामारीको बेला जिम्मेवार निकायहरुले दैनिक रुपमा सुचना प्रदान गरिनु पर्दछ। अहिले हाम्रो सन्दर्भमा उक्त सुचनाहलाई सिधै सञ्चार माध्यम, बेवसाईट वा समाचार बनाएर सामाजिक सन्जालमार्फत प्रसारगर्ने गरेको पाईन्छ।

सामाजिक सञ्जाल अहिलेको जमनाको सुचनाको मुख्य श्रोत हो। हामी इन्टरनेट र सामाजिक सञ्जालको विनाको संसार कल्पना गर्न पनि सक्दैनौ। एकातिर सामाजिक सञ्जालले मनिसहरुलाई सुचनाको सहज पहुच दिएको छ भने यसको दुरुपयोगले अनावश्यक रुपमा कहिलेकाँही भ्रम छरिने र अफवाहरु फैलिने पनि देखिएको छ। कतियप स्वास्थ्य सन्देशहरुमा प्रयोग हुने शब्दहरुको बिभिन्न अर्थ लाग्नसक्ने हुन्छ। त्यसको लागि भाषा सरल, सटिक चलनचल्तिको हुनुपर्दछ जसबाट फैलिन सक्ने अनाबश्यक अफवाहप्रति सचेत हन जरुरी छ किनभने सवै मानिसहरुको बुभ्ने र सुचनाहरुलाई विश्लेषण गर्ने क्षमता एकै किसिमको हुँदैन।

कोभिड १९को शुरुवाती संक्रमणको क्रममा चिनको वुहान अस्पतालमा कार्यरत आँखा रोग बिशेषज्ञ डा.लि वेनलियाङले सो अस्पतालमा भर्ना भएका केही बिरामिको हिस्ट्रीको आधारमा उक्त रोग निकै भयावय हुन सक्ने भन्दै आफ्ना साथीहरुसँग गरेको गोप्य च्याट मेसेजको स्क्रिनसट भाईरल भईसकेपछी सो रोगको बारेमा संसारले थाहा पाएको थियो।

केहीदिनमै डा.लि स्वयं नै कोभिड १९का कारण संक्रमित भएर मृत्युवरण गर्न पुगे। कतिपय मनिसहरुले अभिव्यक्ती स्वतन्त्रताको हनन् भयो भन्दै सरकारको उक्त कदमको बिरोध गरे। तर चीन सरकारलले उक्त बिरोधहरुको बेवास्था गर्दै आफ्नो सम्पुर्ण ध्यान कोभिड १९ को नियन्त्रणमा लगायो, अन्तत उनिहरु सफल पनि भए। यदी चिकित्सकको सोही सुचनालाई पहिल्यै ध्यानदिएको भए कम क्षतीमा यो रोग नियन्त्रण हुने थियो। यद्यपी चीन सरकारको कोभिड १९ नियन्त्रणको प्रयास उच्च स्तरको भनी बिश्व स्वास्थ्य संगठनले समेत प्रसंशा गरेको छ। चीन, ईटली र स्पेन जस्ता देशहरुको अनुभब हाम्रो र बिश्वका लागि महत्वपुर्ण सिकाई बन्न पुगेको छ।

चीनको वुहान शहरबाट २महिना अघी फैलिएको कोभिड १९रोग अब विश्व समुदाय र मानवजातिकै लागि नयाँ चुनौती बनेर आएको छ। यस्तो अवस्थामा यस रोगको बारेमा सामाजिक सञ्जालहरुमा प्रदान गरिने सुचनाहरुले जनमानसमा अनावश्यक भ्रम, डर पैदा गर्नसक्छ। केहीदिन अघी मात्र युनिसेफको नाममा जारी गरेको एउटा सन्देशमुलक तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो तर सो सन्देश युनिसेफबाट जारी नभई कसैले युनिसेफको नाममा फेक तस्विर बनाएर सामाजिक सञ्जालमा राखेको रहेछ।

कोभिड १९ सँग सम्बन्धित समाचार, स्वास्थ्य सन्देश, जानकारी, सुचनाहरु सेवा सम्बन्धि जानकारीहरु फरक परेमा त्यसले पार्ने असरहरु बिश्लेशण गरेर मात्र पोष्ट गर्नु राम्रो हुन्छ। पोष्ट गर्ने, व्यक्ती वा सुचना तयार गर्ने व्यक्तीहरु, समाचार लेख्ने पत्रकारहरुले शब्द चयनमा चनाखो हुनुपर्दछ। महामारीको बेला प्रदान गरिने कतिपय सुचना र, तस्वीरहहरु महत्वपुर्ण र संवेदनशील हुन सक्छन। संक्रमित ब्यक्तिहरुको गोपनियता पनि ख्याल गर्नु राम्रो हुन्छ किनभने हरेक सचेत ब्यक्ति आफूलाई संक्रमित नहोस भनेर आँफै जोगिनुपर्दछ।

अहिले कोभिड १९को परिस्थिति असामान्य छ र अन्य महामारी भन्दा यसको प्रकृति फरक छ। यसले सारा संसारलाई नै आक्रान्त पारेर स्वयं सरकारहरु नै यसको नियन्त्रण र व्यबस्थापनको लागि नेतृत्वमा आएका छन्। यसको नियन्त्रणका लागि समय एकदमै कम छ। कोभिड १९ रोग मानवबाट मानवमा द्रुत गतिमा फैलिन्छ। एकजना मानिसबाट मात्र पनि लापरवाही भयो भने पनि त्यसले तुरुन्तै हजारौ मानिसमा फैलिन सक्ने सम्भावना रहन्छ। अहिले सरकारले मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध गरी लकडाउन गरेको अबस्था छ।

मानिस मानिस बीच सम्पर्क भई भाइरस नसरोस भनेर यसो गरिएको हो। लाखौँ मानिसहरुको आवाज–जावतलाई नियन्त्रण गर्नु त्यति सजिलो काम होइन। सरकारले मात्र होईन व्यक्तिहरु स्वयं जागरुक भएर आ–आफ्नो घरमा बस्नुपर्दछ। सरकारको यो सूचनालाई सबै बुभ्नेगरी जनसमक्ष पुर्‍याउनुपर्दछ। यस्तो बेलामा जनतालाई मास काउन्सेलिङ र निरन्तर सुचना प्रवाह जरुरि हुन्छ, जसको लागि सरकारका स्वास्थ्य निकाय, चिकित्सक,जनस्वास्थ्यकर्मीहरु र तिनका आधिकारिक व्यक्तिहरु, मन्त्रीहरु, कलाकारहरु, प्रदेशका मन्त्रि कर्मचारीहरुलाई व्यापक परिचालन गरि एउटा अभियान नै सञ्चालन गर्नुपर्ने हुन्छ।

हरेक टोलटोल सम्म सरकारका सम्यन्त्रहरु परिचालन गरि किसिमले निरन्तर सुचना प्रवाह गर्नुपर्दछ जसले लकडाउन मा बसेका जनतालाई अफ्ठेरो परेमा सरकार जुनसुकै वेला साथमा छ भन्ने किसिमको मनोवैज्ञानिक प्रभावले रोग नियन्त्रणमा सहयोग पुग्दछ। यसको अलावा रोगको परिक्षण, क्वारेन्टिन, र उपचारको सुबिधा र अत्यावश्यक सेवाको जानकारीको सुचनालाई व्यापक बनाउनुपर्छ। सहि सुचना व्यबस्थापनमा हरेक सामाजिक सञ्जाल प्रयोगकर्ता, स्वाथ्यकर्मीहरु, सञ्चारकर्मीहरु, सरकारका निकायहरु, नेता, मन्त्रि, कलाकार, सबैको महत्वपुर्ण भूमिका छ।

-(लेखक पूर्वाञ्चल बिश्बबिध्यालय गोठगाँउमा जनस्वास्थ्य बिशेषज्ञ बिषयको उप–प्राध्यापक हुनुहुन्छ। सम्पादक) Covid19ds