इटहरी/ बिश्वभर महामारीको रुपमा फैलिएको कोभिड १९को संक्रमणका कारण स्पेनिस राजकुमारीको निधन भएको छ। ८६बर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको हो।

राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने मारिया पहिलो व्यक्ति हुन्।

यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ९८२ पुगेको छ। स्पेनमा गत २४ घण्टाभित्र ८४४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने ७३ हजार २३५ संक्रमित भइसकेका छन्।

यस्तै बिश्वभरको तथ्यांक हेर्दा शनिबार राति १० बजेर २० मिनेटमा कोभिड १९ का कारण ज्यान गुमाउनेको संख्या २८हजार ८ सय २८ जना रहेकोमा शनिबार बिहान यो समाचार तयार पार्दा सम्ममा ३० हजार ८ सय ७९ जनाले ज्यान गुमाईसकेका छन्।

यस्तै अहिले सम्मको तथ्यांक हेर्दा बिश्वभरमा कोभिड १९बाट संक्रमित हुनेको संख्या ६लाख ६३ हजार ७ सय ४० जनामा संक्रमण देखिएको छ भने १ लाख ४२ हजार १ सय ७५ जना उपचारपछि घर फर्किएका छन्।

Covid19ds