इटहरी/ विश्वका अधिकांश देशमा कोरोना भाइरस (कोभिड १९)ले संकट निम्त्याएको छ। कोरोनाका कारण दैनिक सयौं मानिसहरुले ज्यान गुमाइरहेका छन्। जहाँ महिनौंदेखि लकडाउनको अवस्था छ भने देशको ठूलो धनराशी कोरोना संक्रमितको उपचारमा खर्च भईरहेको छ।

तर यस्तो अवस्थामा पनि विश्वका केहि देश भने कोरोना महामारीबाट निकै टाढा छन्। त्यहाँ कोरोना महामारीले छुन सकेको छैन्। सार्वजनिक तथ्यांकअनुसार बुधबारसम्म विश्वका १२ देशमा कोरोनाको महामारीले छुन सकेको छैन् । भाग्यमानी ठहरीएका ती १२ देशमा अहिलेसम्म कोरोनाबाट कुनै खतरा निम्त्याएकाे छैन।

ती भाग्यमानी देशमा उत्तर कोरियासहित केहि एशियन, अफ्रिकी र यूरोपेली देश छन्। भाग्यमानी देशमा उत्तर कोरियासहित बोत्सवाना, तुर्कमेनिस्तान, ताजिकिस्तान, यमन, कोमोरोस, मलावी, साओ तोमे एण्ड प्रिंसिपी, दक्षिण सुडान र बुरुण्डी छन्। यसको साथै केहि साना आइलैण्डमा पनि कोरोनाको महामारी पुगेको छैन्। जसमा सोलोमन आइसलैण्ड र वानूआतू छन्।

विश्व कोरोना भाइरसविरुद्वको लडाईंमा जुट्दा उत्तर कोरिया भने मिसाइल परिक्षणमा

उत्तर कोरियामा अहिलेसम्म कोरोनाको महामारीले छुन सकेको छैन्। जहाँ अघि पछि जस्तै सामान्य रुपमै देश सञ्चालन भईरहेको छ। केहि देशहरुसँगको प्रतिबन्धसमेत व्यहोरिरहेको कोरियामा कडा व्यवस्थाका बीच कोरोनाले छुन सकेको छैन्।

अहिले पुरै विश्व कोरोनाविरुद्वको अभियानमा जुटिरहँदा उत्तर कोरिया भने मिसाइल परिक्षणमा लागिरहेको छ। पछिल्लो दुई दिन अघि मात्रै उत्तर कोरियाले मिसाइल परिक्षण गरेको थियो।

१३० देशमा कोरोनाकै कारण गयो ज्यान

कोरोना भाइरसको संक्रमण विश्वका २०३ देशमा देखिएको छ। विश्वभर ८ लाख ६० हजार व्यक्ति संक्रमित भएको पुष्टी भएको छ। कोरोनाकै कारण १३० देशका ४२ हजारभन्दा बढिले ज्यान गुमाएका छन्। अमेरिकामा मात्रै कोरोनाबाट सबैभन्दा बढि १ लाख ८८ हजार मानिस संक्रमित छन्। युरोपेली देश इटलीमा कोरोनाकै कारण हालसम्म १२ हजार ४२८ जनाको ज्यान गएको छ।

-एजेन्सीको सहयोगमा