राम कार्की केराबारी/ दल र जनताले बिश्वास गरेर चुनेर पठाएका जनप्रतिनिधिले स्थानीय सरकारको नेतृत्व गरिरहनुभएको छ त्यसकारण पार्टी र जनताको प्रतिनिधित्व उहाँहरुले नै गर्न र जनताको सुखदुखमा साथ दिन हामीले नै ५बर्षका लागि चुनेर पठाएका छौ भने जनता प्रतिको जवाफदेहिता उहाँहरुलाई नै बनाउने हो र उहाँहरुलाई सफल बनाउन राजनीतिक दलले सहयोग गर्ने हो। उहाँहरुले मात्रै समाधान गर्न नसक्ने अवस्थामा सहयोगको लागि अपिल गर्ने हो। त्यसमा सबै राजनीतिकदल, संघसंस्था, व्यापारी बुद्धिजीवी र नागरीक समाजले सहयोग गर्ने हो त्यसको नेतृत्व जनप्रतिनिधिले नै गर्ने हो र यो सबै गर्न जनप्रतिनिधि उदासिन भएमा उहाँहरुलाई घचघच्याउने हो र यति गर्दापनि नभएमा मात्रै उहाँहरु असफल भए मात्रै राजनीतिक दल र अन्य निकायले पहल कदमि लिने हो।

१) स्थानीय सरकारले राहत बितरण सम्वन्धि निति बनाइसकेपछि त्यसको कार्यान्वयन गर्ने र गराउने कुरा गाउपालिकाले गर्नुपर्छ र गाउपालिकाको नीतिलाई सबैले पालना गर्नुपर्छ, कसैले उलंघन गर्छ भने कारबाही गर्ने हैसियत गाँउपालिकाले राख्नुपर्छ। विधिमा हिडिएन भने अराजकतामा जान्छ, अराजकताले द्वन्द्व श्रृजना गर्छ।

२) जनप्रतिनिधिले हामी अहिलेको अवस्थामा जनतालाई भोकै मर्न दिदैनौ, सक्षम छौ यो अवस्थाको सामना गर्न भनेर एकद्वार प्रणालीमा सबैलाई सहयोग गर्न भनेर स्थानीय सरकारले अपिल गरेर राहत बितरणको तयारीमा जुटिरहँदा राजनीतिक दल संघसंस्थाले आफुखुसी ओभरटेक गर्नु भनेको जनप्रतिनिधिलाई असक्षम ठान्नु हो, जनप्रतिनिधि संवेदनशील छैनन भन्ने सन्देश दिनु हो।

३) जनप्रतिनिधि असक्षम हुँदा सर्वदलीय सहमतिमा यस्ता कामहरु गर्नुपर्छ, किनकि बास्तविक जनता राजनीतिक आस्थाको कारण बिभेदमा नपरुन र केही राहत पाउँदैमा उसले कसैप्रति अनुग्रहित हुन नपरोस भनेर।

४) अहिलेको महामारी कोरोना भाईरसले निम्तिएको सामान्य माहामारी होईन बिश्वब्यापी महामारी हो। यसलाई नियन्त्रणमा गर्न स्रोत साधनले सम्पन्न राष्ट्रलाई पनि हम्मेहम्मे परिरहेकोले राज्यनै लकडाउनमा छ यस्तो अवस्थामा आफुखुसि राहत बितरणमा जाँदा संक्रमित हुनसक्ने खतरा त्यतिनै छ भने होडबाजीले खतरा अवश्य निम्त्याउछ र लकडाउनको उल्लंघन समेत हुन्छ।

५) कुनै ठाउँमा अति नै समस्या परो एकद्वार प्रणालीमा जान भने दाताले दिन चाहेको सहयोग सम्बन्धित वडापालिकालाई बुझाउने र वडापालिकाले आँफै राहत बितरण गर्ने हो।

६) कसैले दोहोरो तेहोरो राहत र कसैले एकपटक पनि नपाउने अवस्थाको अन्त्य गर्न पनि एकद्धार प्रणाली आवश्यक छ।

) दलहरुले र संघसस्थाले प्रतिष्पर्धा गर्ने हो भने आपतकालिन उद्दारका काममा गरौँ जो (बाढीपहिरो र आगलागि हनि दुर्घटना आदी) बिपत्तिमा पर्छ र बिरामी पर्छ उसलाई उद्दार गर्न अर्थात अपर्झट गरिहाल्नु पर्ने कामका लागि वा २/४ घरका लाई एकद्धार प्रणालिको आवश्यक्ता पर्दैन तर पुर्वतयारी गरेर ठुलो संख्यालाई सहयोग पुर्‍याउनुपर्नेमा भने एकद्वार प्रणालीको आवश्यक्ता पर्छ।

अन्त्यमा यो माहामारीको सामना तीनैतहका सरकार सबै राजनीतिक दल र आम नागरीक मिलेर मात्रै गर्न सकिन्छ भन्ने नेकपा केरावारी गाँउ कमिटिको ठहर छ र लकडाउनको कारण दैनिक ज्यालादारी गरेर जीवीकोपार्जन गर्नुपर्ने अवस्थाका जनताको बाँच्न पाउने अधिकारलाई सुनिश्चितता गर्नु हामी सबैको कर्तव्य भएको हुँदा गाँउपालिका सरकारलाई सबैले मन खोलेर सहयोग गरौ राहत प्रभावकारी नभएमा खवरदारी गरौँ र भोकापेटमा अन्न पर्ने गरी चुल्होमा आगो बल्ने व्यवस्थाका लागी हातेमालो गरौँ। अनावश्यक राजनीतिकरण बन्द गरौ एकद्वार प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गरौँ।

(लेखक कार्की नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केराबारी गाउँकमिटि संयोजक हुनुहुन्छ -सम्पादक)