इटहरी/ नेपालको राष्ट्रिय न्युज एजेन्जी राष्ट्रिय समाचार समितिका अनुसार अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार कोरोनाका कारण निधन भएको छ। निधन हुनेमा ४० बर्षीय सोनाम लामा, ४८बर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु हुनुहुन्छ।

यस अघी पाँचथर स्थायी घर भएका ५० बर्षीय अनिल लिम्बूको निधन भएको थियो। शनिबार ४ जनाले ज्यान गुमाएसँगै अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या पाँच पुगेको छ।

मृतकहरु सबैजना न्युयोर्कमा बस्दै आउनुभएको र मृतकहरुको परिवार र स्थानीय संघसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने मेरिल्यान्ड राज्यसभाका बिधायक ह्यारी भण्डारीले राससलाई बताउनुभयो भनेर राससले समाचार लेखेको छ।