मानव बिकासको कुरा गर्दा मानव बिकासका चरणहरुको बारेमा जानकारी लिन जरुरी छ । मानव बिकासका चरणलाई मनोबैज्ञानिकहरुले जन्मपूर्वको अवस्था र जन्मपश्चातको अवस्था गरी दूई भागमा बिभाजन गरेका छिन् । प्रसिद्ध अमेरिकी मनोवैज्ञानिक हरलाकले अमेरिकाका मानिसमा देखिने बिकासका गतिविधिका आधारमा यी दुईटा अवस्थाका पनि बिभिन्न उपचरण बनाई हरेक चरणहरुमा मानव विकासका के कस्ता विशेषताहरु र बिकासात्मक गतिविधिहरु देखा पर्छन् भनी व्याख्या गरेकी छिन् ।

उनका अनुसार हरेक चरणहरूमा उपल्लो दर्जाको बिकास र बिशेषताहरु देखा पर्दछन् । बालकले जन्मको समयमा लिएर आएको वंशाणुगत गुण र उसले परिवारमा पाएको वातावरण अनुसार उसको विकास हुने गर्दछ । हरेक बालबालिकामा वंशाणुगत गुण र पारिवारिक वातावरण एकै खालको नहुने भएको हुनाले हरलाकले भनेका सबै बिकासात्मक बिशेषताहरु सबै बालकमा एउटै समयमा भने देखापर्दैनन् । समय अगाडि पछाडि भने हुने गर्दछ ।

बालक जन्मदाको समयमानै उसले असिम सम्भावनाहरू लिएर जन्मेको हुन्छ । ती सम्भावनाहरु परिपक्व हुनको लागि सही वातावरणको पनि आवश्यकता हुने गर्दछ । आफ्ना बालबच्चाको उत्तरोत्तर प्रगतिको बारेमा सबै बाबुआमाको चासो रहने गर्दछ । छिमेक, आफन्तको छोराछोरीले गरेको प्रगति आफ्नामां पनि होस भन्ने चाहना राख्नु अस्वाभाविक होइन । अभिभावकले बुझ्नुपर्ने मनन गर्नुपर्ने खास कुरा के छ भने सबै बालबालिका एकै खालका, एउटै क्षमता भएका, एउटै बिशेषता भएका र शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक अनि बौद्धिक विकास पनि बिभिन्न कारणहरूले गर्दा एकै किसिमले भएको पनि हुँदैन । हरेक बालबालिका हरेक बालबालिका भन्दा फरक हुने गर्दछन् । मानव बिकासको यो एउटा महत्वपूर्ण बिशेषता पनि हो । शारिरीक, संवेगात्मक, सामाजिक अनि बौद्धिक विकास पनि बिभिन्न कारणले गर्दा एकै किसिमले भएको हुँदैन । एउटा बालक वा बालिका अर्को बालक वा बालिका भन्दा फरक हुने गर्दछ । मानव बिकासको यो एउटा महत्वपूर्ण बिशेषता पनि हो । शारिरीक रुपमा स्वस्थ रहेको देखिएको बालकमा पनि मानसिक, व्यवहारिक, मनोवैज्ञानिक, सामाजिक र संवेगात्मक बिचलन रहेको हुनसक्छ ।

कतिपय बाबुआमालाई यस्ता बिचलन र कमीको बारेमा जानकारी नभएको कारणले आफ्ना नानीबाबुहरुलाई जबर्जस्ती अगाडि बढाउन खोज्दा अकल्पनीय दुर्घटना समेत भएको पाइएको छ । त्यसैले यो बिषयमा आम अभिभावकहरुलाई बालबालिकामा के कस्ता बिचलन रहेका हुनसक्छन् । त्यस्ता बिचलनको बारेमा जानकारी दिने प्रयत्न गरेको छु । कहीँ तपाईंका नानीबाबुहरुमा त त्यस्ता बिचलनहरु रहेका छैनन् ? छन् भने तपाईंले गरेको ब्यवहारले तपाईंका नानीबाबुहरु समस्या त झेलिरहेका छैनन् । तपाईंले सजगता अपनाउनुपर्ने हुन्छ।

सामान्यतया बालबालिकामा देखिने बिचलनहरु (Comman disorders seen in children)

  • Anxiety disorder
  • Eating disorder
  • Social phobia
  • Depression
  • Conduct disorder
  • Obsessive-Compulsive disorder
  • Elimination disorder
  • Autism spectrum disorder
  • Reading disorder
  • Writing disorder
  • Calculation disorder
  • Communication disorder 
  • Expression disorder
  • Speech disorder
  • Language disorder
  • Tic disorder
  • Motor disorder
  • Schizophrenia disorder
  • ADHD disorder
  • Mood disorder
  • Hallucinations

माथि उल्लेख भएका र सो भन्दा पनि बढी बिभिन्न समस्याबाट बालबालिका ग्रसित रहेका हुनसक्छन् । एउटा बालक उल्लेख भएको कुनै एक वा सो भन्दा बढी समस्याबाट ग्रसित हुनुको मतलब उ त्यो कार्य गर्न नसक्नु हो । यसबाट जानकार नभएका अभिभावकहरु आफ्नो बालकलाई जबरजस्ती त्यही काम गर्न लगाउनु हुन्छ । जुन बालकको काबू भन्दा बाहिर छ । त्यसैले आम अभिभावकहरुलाई जानकारीको लागि माथि उल्लेख गरिएका बिचलनको बारेमा छोटकरीमा जानकारी दिएको छु ।

Anxiety disorder(चिन्ता/डर)
डर हरेक बालबालिकामा देखिने एउटा सामान्य समस्या हो । घरमा, समाजमा, स्कूलमा, साथीहरुसँग, जनावरसँग, अध्यारोसँग, बच्चाहरु डराउने गर्छन् भने कतिपय अभौतिक बस्तुसँग समेत उनीहरुमा डर लुकेको हुन्छ । बाल्यावस्थामा देखा परेको डर कतिपय अवस्थामा कालान्तर सम्म रहने गरेको पाइन्छ ।

 Eating disorder (खानेकुरामा समस्या)
बाल्यावस्था देखिनै खाने बिषयमा समस्या शुुरु हुने गर्दछ । बच्चाहरु यो खाने र यो नखाने भनेर बाबुआमालाई पिरोली रहेका हुन्छन् । शरीरलाई फाइदा हुने स्वस्थकर खानेकुराको सट्टा स्वास्थलाई हानि हुने खानाहरु बढी खाने । जंकफुड, चकलेट, आइसक्रिम जस्ता कुराहरु बढी खाने बानीको बिकास हुन्छ । उत्तर बाल्यावस्थामा पुगेपछि केटाहरुले हृष्टपुष्ट हुनको लागि बढी खाने र केटीहरु स्लिम हुन डाइटिङ गर्ने गर्दछन् । स्वास्थको लागि दुवै अवस्था खराब हो ।

 Social phobia (सामाजिक डर)
कतिपय बालबालिकालाई एक प्रकारको डर लाजको समेत अनुभूति हुने गर्दछ । घर बाहिर जान, मानिसको छेउमा जान, नयाँ लुगा लगाएर हिँड्न, अभिभावकहरु वा अन्य सँग सँगै बसेर खाना खान, भिडभाडमा जान अफ्ठ्यारो महसुस गर्दछन् ।

Depression(तनाव)
तनाव अभाव र बढी महत्वाकांक्षाबाट उत्पन्न हुने एउटा विकार हो । बाल्यावस्था बाट नै यसको बिकासक्रम देखिने गर्दछ । जब बालबालिकामा रहेका आवश्यकताहरु पूरा हुदैदन, उनीहरुले भनेको बाबुआमाले मानिदिदैनन्, परीक्षामा राम्रो गर्दैनन्, खेलमा राम्रो गर्दैनन्, खेलौना र राम्रो लुगा पाउँदैनन्, स्वाभाविक रुपमा उनीहरु तनावमा जाने गर्दछन् । तनावको व्यवस्थापन समयमा राम्रोसँग भएन भने कतिपय अवस्थामा बालबालिकाले आत्महत्यासमेत गर्ने अवस्था आउन सक्छ ।

Conduct disorder (व्यवहार अस्तव्यस्तता)
व्यवहार अस्त व्यस्तता बालबालिकाको बानी, ब्यहोरा सँग सम्बन्धित छ । रिसाउने, झर्कने, भाइबहिनीलाई कुटपिट गर्ने, चोरी गर्ने, ठग्ने, झुट बोल्ने, अनुशासन हिन कार्य गर्ने जस्ता कार्यहरु यस अन्तर्गत पर्छन ।

Obsessive-Compulsive disorder(विचार दोहोरिने):

यो समस्या भएका बालबालिकाका लक्षणहरु

– उही बिचार लगातार दोहोरिरहनु ।
– आफ्नो सो बिचार अनावश्यक हो भन्ने ज्ञान पनि हुनु ।
– तर सो बिचारलाई जति गरेपनि दिमागबाट हटाउन नसक्नु ।
– बिचार दोहोरिने र सो बिचार हटाउने प्रयासको क्रममा आत्तिने रोगका बिभिन्न लक्षणहरु प्रकट हुनु – जस्तै डरको अनुभव हुनु, मुटुको धड्कन तेज हुनु, शरीर तनावयुक्त हुनु, आदि ।

Elimination disorder(उत्सर्जनको खराबी)
यो समस्याबाट ग्रस्त बालबालिकामा मलमूत्र त्याग सम्बन्धी बिभिन्न समस्याहरु देखा पर्दछन् । समय मा नै समस्याको समाधान नभएमा यो समस्याले तन्नेरी अवस्थासम्म पनि दुःख दिने गर्दछ ।

Autism spectrum disorder एक प्रकारको नुरोलोजिकल बिकार हो । यो कुनै बिमारी हैन। यो एक प्रकारको मस्तिष्क सम्बन्धीको खराबी हो । यो खराबीको कारण बंशाणुगत गुण र पर्यावरण दुवै हुनसक्छ ।  Autism को शिकार भएको बालकको सामाजिकीकरण र सिकाई क्षमता न्यून हुने गर्दछ। प्राय गरी बालिकाहरुको तुलनामा बालकमा यो बढी देखिएको छ । बाल्यकालमा शुरु भएको यो खराबी पछिल्ला दिनसम्म पनि रहन्छ । यस्ता बालबालिकालाई रेखदेखको लागि छुट्टै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

Reading disorder( पढाइ कार्यमा समस्या)
यो पनि बालबालिकामा देखिने एक प्रकारको समस्या हो । यो समस्याका शिकार भएका बालबच्चाको पाठ पढाईमा समस्या हुने गर्दछ । धयचम राम्रोसँग उच्चारण गर्न नसक्नु, रफ्तारमा पढ्न नसक्नु, पढेको कुरा राम्ररी नबुझ्नु यसका समस्याहरु हुन् ।

Writing disorder (लेखाईमा समस्या)
यस्ता बालबालिका अक्षर छुट्टयाउन सक्दैनन् । उल्टोपाल्टो लेख्छन् । b र d उस्तै देख्छन् ।

Calculation disorder (गणितीय समस्या)
यस्को शिकार भएको बालबालिका सामान्य गणितीय समस्या समाधान गर्नसमेत नसक्ने हुन्छन् । सामान्य जोड, घटाउ, गुणा र भागा गर्न समेत कठिनाई हुन्छ ।

Expression disorder (अभिव्यक्तिमा समस्या) 
यस्को शिकार भएका बालबालिकालाई आफूले जानेको बिषय र बुझेका कुराहरु सही ढङ्गबाट अभिव्यक्त गर्न कठिन हुन्छ । बिषयको उठान कहाँबाट गर्ने कतिसम्म गर्ने भन्ने बारेमा जानकारी नहुँदा परीक्षामा राम्रो गर्न सक्दैनन् ।

Speech disorder (बोलीमा समस्या)
यो समस्या ध्वनि निर्माणसँग सम्बन्धित छ । यसको शिकार भएका बालबालिका प्रष्ट आवाजबाट कुराकानी गर्न असमर्थ हुन्छन् ।

Language disorder (भाषाको समस्या)
भाषाको समस्या भएका बालबालिका प्रष्टसँग अरुलाई बुझाउन र अरुले भनेको बुझ्न सक्दैनन् ।

Motor disorder  यो समस्या मस्तिष्कको स्नायु प्रणालीसँग सम्बन्धित छ । वंशाणुगत कारण वा अचानक मस्तिष्कमा लागेको चोटपटकको कारणबाट यो समस्या श्रृजना हुने गर्दछ ।

Genetic disorder  आनुवंशिक गुणसँग यो समस्या सम्बन्धित छ । सामान्यतया हामी सबैमा xx वा xy chromosome हुने गर्दछ, तर कहिले काँही यसभन्दा घटि वा बढी chromosome समेत रहन गई xxx वा xo वा xxy  हुने अवस्थालाई genetic disorders भनिन्छ । यस्ता बालबालिका पनि सामान्य भन्दा फरक हुने गर्दछन् ।

Schizophrenia disorder सिजोफरिया मस्तिष्कको कार्यशैलीसँग सम्बन्धित छ । यसको शिकार भएका बालबालिका सामान्य बालबालिका भन्दा abnormal  ढंगले कार्य गर्दछन् । उनीहरुमा चेतना, एकाग्रता कम हुने गर्दछ ।

Mood disorder
यस्ता बालबालिकामा छिनछिनमा बिचार परिवर्तन हुने, कार्यशैली परिवर्तन हुने गर्दछ । यिनीहरु स्थिर हुँदैनन् ।

Hallucinations कुनैपनि परिस्थितिलाई बास्तविकता भन्दा बेग्लै ढंगले देख्ने, भ्रमित हुने, हरेक कुरामा शंका गर्ने यसका लक्षणहरु हुन । हुँदै नभएको बास्तविकतालाई भएको र यथार्थपरक ठान्ने यो पनि एउटा मानसिक समस्या हो ।

आदरणीय अभिभावक ज्यू माथि उल्लेख भएका र यी भन्दा अरु पनि धेरै समस्याहरु नानीहरुसँग हुने भएको हुनाले उनीहरुले तपाईंले चाहे अनुसार बच्चाहरुले उपलब्धि नगरेका हुन सक्छन । त्यसैले कम उपलब्धिमा उनीहरुलाई सजाय दिनुको सट्टा कारणको पहिचान गर्नुहोला ।

(लेखक डा.बेनुप्रसाद सिटौला Educationalist and psychotherapist तथा इटहरीस्थित डिभिएम स्कुलका प्रिन्सिपल हुनुहुन्छ -सम्पादक)