इटहरी/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का यूवा नेता रामप्रसाद रिजालले मन्त्रिपरिषदबाट सोमबार पारित हुँदै राष्ट्रपतिबाट जारी भएको अध्यादेशले नेकपा अझ बलियो भएको बताउनुभएको छ । पूर्वी खबरसँग सोमबार राती बिशेष कुराकानी गर्दै नेता रिजालले त्यसो भन्नुभएको हो ।

मन्त्रिपरिषदबाट पारित भएर राष्ट्रपतिबाट जारी भएको अध्यादेशबाट नेकपाका कार्यकर्ता हतोत्साही हैन उत्साही हुनुपर्ने भन्दै नेता रिजालले यसले पार्टीलाई फाईदा पुगेको दावी गर्नुभयो ।

त्यसो भए हतारमा यो अध्यादेश किन ल्याइएको होला भन्ने पूर्वी खबरको प्रश्नको जवाफमा नेता रिजालले यो नियमित प्रकृया भएको बताउनुभयो । अध्यादेशको बिरोध गर्नुको कुनै ‘तुक’ नरहेको भन्दै रिजालले शक्तिशाली सरकारले अध्यादेशमार्फत पनि कानुन संसोधन गर्नु स्वभाविक रहेको बताउनुभयो । rijal

कांग्रेस यथास्थितीबादी रहेको आरोप लगाउँदै नेता रिजालले समाजबादी र राजपा क्षेत्रीय पार्टी रहेको र यिनिहरु क्षेत्रीयता भन्दा माथी उठ्न नसक्ने भन्दै यिनिहरुबाट जनताले कुनै अपेक्षा नगर्दा हुने बताउनुभयो । उहाँले नेकपा मात्र मुलुकलाई निकास दिनसक्ने पार्टी रहेको बताउनुभयो ।

नेता रिजालले सरकारलाई अझ बलियो बनाई जनतालाई कम्युनिष्ट सरकारको झल्को दिनको लागि र निर्वाचनमा जनतासमक्ष गरेका बाचा र प्रतिज्ञा पुरा गर्न नेकपाको सरकार शिर्षस्थ नेतासँग सहमती र सहकार्य गरेर अघि बढेको अवस्थामा सरकारलाई अझ बलियो बनाउन सकिने बताउनुभयो ।

उहाँले महत्वपूर्ण निर्णयहरु गर्दा पार्टीको सचिवालयबाट सहमति गरेर अघिबढे पार्टी र सरकार अझ बलियो हुने धारणा राख्नुभयो ।