‘अध्यादेशपछि नेपाली राजनीतिमा आएको तरङ्ग कुनै नौलो हैन’

  • न्युजडेस्क
  • प्रकाशित मिति: बैशाख ९, २०७७

इटहरी/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता खकेन्द्र तिमिल्सिनाले सरकारले ल्याएको अध्यादेशपछी नेपाली राजनीतिमा आएको तरङ्ग कुनै नौलो नभएको बताउनुभएको छ। सञ्चारकर्मीसँगको कुराकानीमा नेता तिमिल्सिनाले यस्तो भन्नुभएको हो ।

केन्द्रीय समितिको ४०५ मत लिएर पार्टी बिभाजन गर्न सकिने बिषय नेपाली राजनीतिको नयाँ प्रयोग भएको हँुदा यसले राजनीतिक तरङ्ग ल्याउनु स्वाभाविक भएको उहाँको भनाई छ ।

यो सरकारको नियमित कामहरु गर्दै जाँदा अध्यादेश आएको भन्दै उहाँले यसले पार्टी बिभाजन हुन्छ जनविश्वास घट्छ भन्ने जस्तो गरी प्रचार गरिएको प्रति नेता तिमिल्सिनाले आपत्ति जनाउनुभएको छ।

नेकपा अझ शशक्त भएर जाने स्पष्ट पार्दै नेता तिमिल्सिनाले यसलाई संविधानको भावना र मर्म बिपरित भन्न नमिल्ने बताउनुभयो । नेपाली जनताको माग आवश्यकता र औचित्यका आधारमा कानुनहरु संसोधन परिमार्जन हुने बिषय नेपालको सन्दर्भमा नयाँ प्रयोग चाँहि नभएको नेता तिमिल्सिनाको भनाइ छ । कोरोनाको प्रकोप नियन्त्रणमा सरकार युद्ध स्तरमा लागेको उहाँको भनाई छ ।

उहाँले आवश्यकता र औचित्यका आधारमा कानुन सम्वोधन र परिमार्जन हुने भन्दै नेपालको नयाँ प्रयोग नभएको नेता तिमिल्सिनाको भनाई छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved