इटहरी/ गायक प्रेम घिमिरेले ‘पुर्वेली ठिटी २’ नामको गितको लिरिकल भिडियो सार्बजनिक गरेका छन् । घिमिरेले केहीदिन अगाडी मात्र 90's factory नामको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय भावनाको गीत ‘माया लाग्छ नेपालको’ सार्बजनिक गरेका घिमिरेको अर्को गित ‘पुर्वेली ठिटी २’ (मनको कुरा) पनि नयाँ वर्षको अवसरमा सार्वजनिक गरेका हुन्।

थुप्रै गीतहरु सार्बजनिक गरिसकेका घिमिरेले केहि महिना अगाडिनै गित रेकर्ड गरिएको भएपनि सारा संसार कोरोनासँग लडिरहेको अवस्थामा कोरोना भाईरसकै कारण म्युजिक भिडियो बनाउन नसकेको बताएका छन् ।

गायक स्वंको शब्द र संगीत रहेको ‘पुर्वेली ठिटी 2’ गीतको संगीत संयोजन दिनेश न्यौपानेले गरेका छन् भने लिरिकल भिडियो अनिल कटवालले बनाएका हुन।

भिडियो :