सम्माननीय प्रधानमन्त्री ज्यू नमस्कार
आराम छु, आरामताको कामना गर्दछु।

प्रधानमन्त्री ज्यू, एक नागरीकको हिसावले देशमा ब्याप्त बिविध बिषयहरु हेरिरहँदा/ सुनिरहँदा/ महशुस गरिररहँदा मन थाम्न नसकेर यो पत्र लेख्दैछु। आशा छ कुनै न कुनै माध्यमबाट भएपनि यो पत्रमा उल्लेखित कुराहरु तपाँईको कानसम्म अवश्य पुग्नेछ।

प्रधानमन्त्री ज्यू, चरम लापरवाही र कुर्सीको जगेर्ना, झण्डै दुईतिहाई बहुमतको घमण्डका कारण हो या अन्य कारणले हो बिश्व आतंकित बनाउने कोरोना भाईरसको बढ्दो संक्रमण दरसँगै देश बचाउका लागि लागिपर्ने सामाजिक अभियन्ताहरुलाई प्रोत्साहन गर्नुको सट्टा कारबाही गर्नुको कारण के होला ?

बिद्यमान बिखण्डनकारी सोचले देशमा ठुलो क्षति भईरहेको छ, नेपाली जनताको रगत र पसिनाको बलिदानीबाट देशमा लोकतन्त्र आएको छ। तर देशमा लोकतन्त्र छ कि छैन भन्ने स्थितीमा पुगिसकिएको छ।

प्रधानमन्त्री ज्यू तपाँई नेतृत्वको बर्तमान सरकारको औचित्य समाप्त भईसकेको छ, तसर्थ तपाँईले राजिनामा दिनुको साथै बतर्मान सरकारको बिघठनको बिकल्प छैन, अव तपाईले राजिनामा दिएर युवालाई देश जिम्मा लगाउनु जरुरी छ, यूवाले मात्र देशलाई निकास दिने हुँदा यूवाको नेतृत्वले मात्र देशले मुहार फेर्ने निश्चित प्राय छ।

हेक्का रहोस प्रधानमन्त्री ज्यू, चालिसौँ बर्षसम्म किन आन्दोलन गर्नु नपरोस तर आदिवासी, जनजाति, दलित मुस्लिम, पिछडिएका बर्ग एवं समुदायलाई अधिकार दिलाएरै छाड्ने हामीले उद्घोष गरिसकेका छौँ।

हर्को कुरा संबिधान संसोधन र हाल बिचल्लिमा परेका नेपाली नागरीकलाई तत्काल उद्दार गर्नु प्रथम प्राथमिकता हो, कोरोनाको चेक जाँच र सम्बन्धित सामाग्रीको पारदर्शिता हुनु जरुर छ,यदि कोरोना कृतिम हो भने यस्मा मिलेमतो पनि यहाँको पनि हुनुपर्छ भन्ने हाम्रो आशंका पनि छ, तसर्थ यो समय पार्टीभन्दा माथि उठेर देशको भलाईको निमित्त जुट्न जरुरी छ प्रधानमन्त्री ज्यू।

अनुप लिम्बु
 इटहरी उपमहानगरपालिका
तरहरा

(यो चिठ्ठीका लेखक अनुप लिम्बु तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका सुनसरी जिल्ला सदस्य हुन्, यो चिठ्ठी लेखकको ब्यक्तिगत बिचार हो यसमा पूर्वी खबरको सम्पादकीय नीति प्रतिविम्वित छैन–सम्पादक)