तस्विर गुगलबाट

बेलबारी/ प्रहरीले मोरङ्गको बेलबारी ६ स्थित एक मेडिकलबाट भारी परिमाणको लागुऔषध बरामद गरेको छ। प्रदेश नम्बर एकको क्षेत्रीय अनुसन्धान समुह(RIT)को टोलीले लागुऔषध बरामद गरेको हो।

क्षेत्रीय अनुसन्धान समुह(RIT)को टोलीले बेलबारी ६बाहुनी स्थित सोमबारेको सुशान्त मेडिकल हलबाट भारी परिमाणको लागुऔषध बरामद गरेको हो। टोलीले मेडिकलबाट ट्रामाडोल ५० एमजिको ७ हजार ९सय ८० पिस, डिकोलिक २० एमजिको १हजार पिस, स्पामो ३० एमजिको २८०पिस, स्मापेन २० एमजिको ४ हजार पिस, एमटिकप ४५ एमजिको ७५० पिस, कप्ट्याप २२एमजिको २३८ पिस, प्रिगासप्ट ७५ एमजिको ९४७ पिस र प्रिगामेन्ट ७५ एमजिको १९८ पिस बरामद गरेको प्रहरी श्रोतले जनाएको छ।

लामो समयदेखि सो मेडिकलमा लागुऔषधको कारोबार हुने गरेको जानकारी पाएको प्रहरी पटक पटकको प्रयास पछि मंगलबार सफलता हासिल गरेको हो।

बिस्तृत समाचार केहिबेर पछि...