काठमाण्डौ/ AP1 टेलिभिजनमार्फत प्रसारण भईरहेको नेपाल आइडल कोरोना भाइरसको असरले करिव चारमहिना भन्दा समयपछि पुनः शुरु भएको छ। हाल पाँचजना प्रतिष्पर्धीहरु मञ्चमा नेपाल आडल सिजन ३ को उपाधि जित्न भोटिङ्ग चरणमा प्रतिष्पर्धा गरिरहेका छन्। यो सँगै उत्कृष्ट ४ मा प्रवेश गर्न भोटिङ लाइन खुल्ला गरिएको छ।

प्रतियोगी मध्येका किरण भुजेल यतिबेला आफ्नो प्रस्तुतीले सबैको नजरमा परेका छन्। जस्तो कठिन गीतलाई पनि सहज रुपमा गाउन सक्ने भुजेल ललित कला क्याम्पसबाट संगीतमा स्नात्तकोत्तर गर्दैछन्। kiran 22

बर्दिबास स्थायी घर भएका किरण भुजेल प्रत्येक प्रस्तुतीमा जज र दर्शकको मन जित्न सफल भईरहेका छन्। कतिपय संगीतका जानकारहरु भुजेललाई सिजन १ का निशान भट्टराईसँग तुलना गरेर हेर्ने गरेका छन्।

भुजेलको प्रस्तुती मन पराउने आम दर्शकले उनलाई अझ अघि बढाएर उत्कृष्ट ४ मा पुर्‍याउन NI03 टाइप गरि 37000 मा एस.एम.एस वा 16667703 डायल अथवा इसेवा एपबाट पनि भोटिङ गर्न सक्ने जनाइएको छ।