सुनसरी/ लामो समयबाट संगीत क्षेत्रमा निरन्तर अध्ययन एवं अनवरत मेहनत गर्दै आएका किरन भुजेल नेपाल आइडल ३ मार्फत उपाधि जित्दै आफ्नो पहिचान स्थापित गर्ने चरणको करिव करिव नजिक पुगेका छन्। अत्याधिक मत सहित उत्कृष्ट ४ मा स्थान सुरक्षित गर्न सफल किरन फाइनल चरणको एक स्टेप टाढा छन्।

किरन भुजेल आफ्नो धमकेदार प्रस्तुतीको कारण नेपाल आइडलमा हाल पृथक पहिचान बनाइरहेका छन्। नेपाल आइडलको उत्कृष्ट ७ बाट बाहिरिएका किरन आइडलमा पुनः वाइल कार्ड इन्ट्रिमार्फत प्रवेश पाई सर्वाधिक भोटका साथ उत्कृष्ट ४ मा पुगेका हुन्।

निकै नै सुमधुर स्वरका धनी किरन अब आइडलको उपाधीबाट थोरै मात्र टाडा छन्। किरन भन्छन् “देश बिदेशबाट धेरैले माया गर्नु भयो, साथ दिनुभयो, मलाई फेरि यो मञ्चमा सर्वाधिक भोटका साथ उत्कृष्ट चारमा पुर्‍याउनु भएको छ। यो माया, साथ र सहयोगको लागि आभारी छु, kiran 2 मलाई यसरी नै माया गरि अझ अगाढी बढ्न सहयोग गरिदिनु होला”।

धेरै भन्दा धेरै भोट गर्न अनुरोध गर्दै किरनले आँफुलाई भोट गर्न NI 03 टाइप गरि 37000 मा एस.एम.एस वा 16667703 डायल अथवा इ-सेवा एपबाट पनि भोटिङ गर्न सक्ने बताएका छन्।