काठमाण्डौ/ AP1 टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै ठुलो रियालिटी शो नेपाल आइडल फाइनल चरणमा प्रवेश गरिसकेको छ। फाइनलमा यो पटक किरण भुजेल, सज्जा चौलागाईँ र प्रविण वेडवाल प्रतिष्पर्धी हुन्।

यी तीन प्रतिष्पर्धी मध्ये पछिल्ला चरणहरुमा बर्दिबासका किरण भुजेल अत्याधिक भोटसहित उत्कृष्ट ४ हुँदै फाइनल चरणमा प्रवेश गरेको र अवको बिजेता पनि पूर्णत : भोटिङ्गले नै निर्धारण गर्ने भएकोले धेरैले किरण भुजेल नै नेपाल आइडल सिजन ३ को बिजेता बन्ने सामाजिक सञ्जालमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चर्चा परिचर्चा चलाई रहेका छन्।

बर्दिबास,गडन्त गाँउको एक अति सामान्य परिवारमा जन्मिएका किरण आफुलाई देशको एउटा गायकको रुपमा स्थापित गराई देश र समाजकै निम्ति योगदान दिने सपना सानैदेखि देखेको आज पनि सम्झन्छन्। अभाव र गरिबिले मान्छेले देखेका सपनाहरु र गरेका दृढ संकल्पहरुलाई छेक्न सक्दैनन् भन्ने उदाहरण हुन् किरण भुजेल।

२०६५ सालमा गोजीमा ३ हजार रुपैँया लिएर काठ्माण्डौँ छिरेका किरण कोठा भाँडा तिर्न, खाने ब्यवस्थापन गर्न र क्याम्पस आवतजावत गर्दा गोजिमा पैसा नहुँदा काठमाण्डौँका गल्लीहरुमा गरेका संघर्ष सम्झन्छन्। यस्ता संघर्षबाट आज नेपाल आइडलमार्फत पाएको प्लेटफर्मलाई हेर्दा आज पनि सामान्य ग्रामिण भेगबाट गायक बन्ने मात्र नभई अरुनै पनि सपना बोकी काठमाण्डौँको गल्लीमा अभावको जिन्दगीमा संघर्षरत जो कोही युवा किशोरहरुका लागि किरण प्रेरणा बन्ने कुरा छर्लङ्गै छ।

असफलता र अभावको चरम दबावको अवस्थामा किरण पनि एकपटक आफुलाई लाखौँ नेपाली झैँ बैदेशिक रोजगारीमा जाने मनाशय बनाएको सम्झन्छन्। उनले बैदेशिक रोजगारीमा जाँदा आउने कठिनाईहरुको महसुस र नेपाली समाज परिवारको बिवसता सम्झेर फाइनल प्रवेशका निम्ति “सुन साइँली” बोलको गीत गाएको र त्यसले देश बिदेशबाट राम्रो प्रतिकृया पाएको र यसले भोटिङमा राम्रै प्रभाव पार्नेमा बिश्वस्त छन्। जजहरुको सुन्दर प्रतिकृया, प्रत्येक प्रस्तुतीमा “रेस्पेक्ट” टप प्रस्तुती दिइरहेका कारण पनि किरण यस आइडलको बिजेताको निम्ति पहिलो दाबेदार मानिन्छन्।

किरण भुजेल साथीभाई सबैसँग अती मिलनसार, दुखमा परेका जो कोही सबैलाई सहयोग गर्नुपर्छ भन्ने स्वभावको सहयोगी भाव भएको व्यक्तित्व भएको उनलाई नजिकबाट चिन्ने गायक तथा संगीतकार प्रेम घिमिरे बताउँछन्।

यस्ता गज्जव ब्यक्तित्वका धनी संगीत, गायन र मोडलिङमा पनि अब्बल किरण भुजेललाई भोट गरी बिजेता बनाउन पनि उनी अपिल गर्छन। उनलाई भोट गर्न NI03 टाइप गरेर 37000 मा एसएमएस वा 16667703 डायल गर्न सकिने तथा इ-सेवा र रेस्पेक्ट एण्ड राईज एपबाट पनि भोटिङ्ग गर्न सकिनेछ।